यादब लम्सालले लेखे यता तिर्खा प्रेम गीत फिल्मको लागि || watch and download
Please wait seconds.
गीत संगीतको कारण चर्चामा रहेको चलचित्र ‘प्रेम गीत’को नया गीत सार्वजनिक गरिएको छ । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र पुर्णकला बिसीको स्वरमा रहेको ‘यता तिर्खा लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोख्रेलको संगीत रहेको यस गीतलाई यादब लम्सालले लेखक हुन् भने यस गीतमा कोरियोग्राफर भने रेनाशा राईले गरेकी हुन् । फेब्रुअरी १४ अर्थात भ्यालेन्टाउन डे को अवसरमा माघ २९ गते बाटप्रदर्शनमा आउन लागेको यस चलचित्रका कलाकार अहिले देश दौडाहामा निस्केका छन् ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा ,सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् ।