पुलिसमा भर्ति हुने युवतीलाई नांगेझार पारेर कुमारित्व परीक्षण
प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले
आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । उनीहरुलाई
निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र
उनीहरु प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँछन् ।
यो अनौठो तथा अत्यासलाग्दो यथार्थ
इण्डोनेसियाको हो । इण्डोनेसियाको मानव अधिकार
संगठनको प्रतिवेदन अनुसार
त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई
कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ
।
यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् । इण्डोनेसिया प्रहरीको नियम अनुसार कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हुनुपर्नेछ । साथै धर्म मान्नुपर्ने , कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको आवश्यकता नपर्ने हुनुपर्छ । यत्तिमात्र त ठिकै हुन्थ्यो । तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्छ ।

0 comments
Write Down Your Responses