युक्रेनको आकाशमा मिसाइल प्रहार गरी मलेसियन एमएच-१७ बिमान खसालियो
२ साउन, एजेन्सी । काठमाडौँ - मलेशियन बिमान एम एच ३७० को समस्या समाधान हुन नपाउदै सोहि एअर र्लाइन्स को अर्को बिमान मिसाइल प्रकरणमा परेको छ। विमानलाई युक्रेन को आकाशबाट खसालिएको हो।
युक्रेनमा रुषी सीमाको नजिकै यात्री बिमान MH 17 अग्यात समुह टोलि ले मिसाइल बाट गरि खसालिएको हो। उप्त बिमान आम्सटर्डमबाट क्वालालम्पुर जादै थियो। सम्पूर्ण चालक दलका सदस्य सहित २९५ यात्रु सवार बिमान ३३ हजार फिट माथि बाट खसालिएको हो उप्त घटना मा सबै सवार २९५ जनाको मृत्यु भएको छ ।
अमेरिकाले राडारका सुचनका आधारमा विमान मिसाइल प्रहार गरि खसालिएको पुष्टी गरेको छ। अमेरिकाले यसका लागि को जिम्मेवार भएको भने बताएको छैन्।
युक्रेन सरकारले भने युक्रेनको विखण्डन चाहिरहेका रसिया समर्थित विद्रोहीहरुले मिसाइल प्रहार गरेर विमान खसालेको दाबी गरेको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोह दबाउन लागेका युक्रेनी सैनिकले यसको जिम्मेवारी लिनु पर्ने बताएका छन्।
युक्रेनको आकाशमा मिसाइल प्रहार गरी मलेसियन एमएच-१७ बिमान खसालियो
1 comments
Write Down Your Responses
July 20, 2014 at 10:36 PM
Kathai bichara kasto durgati