चीन र अमेरिकामा रहेको वैज्ञानिकहरुको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) प्रयोग गरेर मष्तिष्कका कोषबीच अन्तरग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्।
साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपुरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ।
विशेषज्ञहरुले भनेका छन् यो शानदार र महत्वपूर्ण अध्ययन हो जसले स्मरणशक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ।
भूमिका :
निन्द्राले स्मरणशक्ति र सिकाइमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै कुरा हो। तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निद्रा महत्वपूर्ण हुन्छ भन्ने कुरा विवादको विषय रहँदै आएको छ। न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको शेनजेन ग्रयाजुएट स्कूलका अनुसन्धानकर्ताहरुले घुमिरहेको रडमा हिँडन मुसाहरुलाई नयाँ तालिम दिने क्रमलाई आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्।
लगातार पढिरहनु भन्दा पढेर गहिरो निन्द्रा सुत्नाले पढेको कुरा लामो समयसम्म संझना हुन सक्छ ती जनावरहरु सुतिरहेका बेला र तिनलाई निन्द्रा कम भएका बेला अनुसन्धानकर्ताहरुले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोप मार्फत हेरेका थिए।
"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ"वेन बियाओ गान, प्रोफेशर, न्यू योर्क विश्वविद्यालय
नयाँ सम्बन्ध :
उनीहरुको अध्ययनले देखाएको छ, पुरा सुतेका मुसाहरुको स्नायू (न्यूरोन)हरुबीच नयाँ अन्तरसम्बन्ध विकसित भयो र उनीहरुले तालिमको कुरा झन बढि सिकिरहेका थिए।
उनीहरुले स्मरण शक्ति बढाउन गहिरो निन्द्रा आवश्यक परेको देखाए।गहिरो निन्द्राका बेलाको चरणमा मुसाहरुको मस्तिष्कले त्यसदिनको अघिल्लो प्रहरमा गरेको गतिविधि दोहोर्याइरहेको थियो।
न्यूयोर्क विश्वविद्यालयका प्रोफेशर वेन बियाओ गानले बीबीसीलाई भने, "निद्राले न्यूरोनहरुबीच नयाँ सम्बन्ध प्रबर्द्धन गर्छ भन्ने नयाँ कुरा हो यो यसअघि अरु कसैलाई थाहा थिएन।
"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ।"
तुलना :
अध्ययनमा एकघन्टा तालिम गरेर सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिलाई तीनघन्टा लामो सघन तालिम गरेर कम सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिसंग तुलना गरिएको थियो। सुत्दा स्मरणशक्तिलाई सीधा फाइदा हुन्छ भन्ने प्रक्रिया बैज्ञानिकहरुले प्रमाणित गरेका छन्। यो बेला पनि फरक प्रष्ट देखिन्थ्यो : सुतेका मुसाहरुले राम्रो गरेका थिए र उनीहरुको मस्तिष्कले नयाँ सम्बन्ध बनाएको देखियो। प्रोफेशर गानले भने यसको प्रभाव विद्यार्थीहरुमा हुनसक्छ। उनले भने, "यदि तिमी केहि कुरा लामो समयका लागि सम्झिरहन चाहन्छौ भने तिमीलाइ न्यूरोनहरुबीचको यो सम्बन्ध आवश्यक हुन्छ।"
राम्रो निन्द्रा :
त्यसैकारण संभवत: धेरै बेर पढिरहनुभन्दा पढ्ने र राम्रो निन्द्रा सुत्नु उपयुक्त हो। युनिभर्सिटी अफ सरेकी डा राफेले विन्स्की समररले भनिन्, "यो असाध्यै प्रभावशाली राम्ररी वर्णन गरिएको उपलब्ध उच्च प्रविधिको
प्रयोग गरेर स्मरणशक्तिको प्रक्रिया देखाइएको प्रभावशाली अध्ययन हो।" "यसले दिनमा हुने अनुभवलाई कसरी मस्तिष्कले वहन गर्छ भन्ने कोषहरुबीचको प्रक्रिया देखाएर प्रमाणित गरिएको छ। वास्तवमा यो अध्ययनले निन्द्राले न्यूरोनहरुबीचको नयाँ सम्बन्ध विकास गर्ने भएकाले निद्रा बचाउनु भनेको छ।"
चितवन।ब्राजिलमा विश्वकप फुटबलको बीसौं संस्करण सुरु हुन केही घन्टामात्र बाँकी छ ।यस्तो बेला ब्राजिलका फुटबल स्टार रोनाल्डो चितवनको सौराहामा हुने कुरै भएन ।
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन् तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिरहेको छ । यो रोनाल्डो कुनै स्टार फुटबलर नभएर चितवन राष्ट्रिय निकुन्जभित्र बस्दै आएको जंगली मता (भाले हात्ती) भएको आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तिसारमा मंगलबार रातभर यौनक्रिडाका लागि रोनाल्डो कुरिरह्यो । हात्तीसरमा कोलार फेन्स लगाएर विद्युत प्रवाह गरिएकाले रोनाल्डो भित्र छिर्न नसक्दा उसको इच्छा भने पुरा हुन सकेन । कोषका कर्मचारी दीपक श्रीवास्तवले शनिबारदेखि रोनाल्डो सौराहा क्षेत्रमा देखिएको जानकारी दिए । निकुन्जका पशुचिकित्सक कमल गैरे सामान्यतया अहिले हात्तीको प्रजनन समय नभए पनि रोनाल्डोलाई यौनको मात चढेको बताउँछन् । सौराहामा निकुन्ज र कोषको एक एक वटा हात्तीसार छ । दुबैमा गरी आधा दर्जन ढोइ छन् ।
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन् तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिरहेको छ । यो रोनाल्डो कुनै स्टार फुटबलर नभएर चितवन राष्ट्रिय निकुन्जभित्र बस्दै आएको जंगली मता (भाले हात्ती) भएको आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तिसारमा मंगलबार रातभर यौनक्रिडाका लागि रोनाल्डो कुरिरह्यो । हात्तीसरमा कोलार फेन्स लगाएर विद्युत प्रवाह गरिएकाले रोनाल्डो भित्र छिर्न नसक्दा उसको इच्छा भने पुरा हुन सकेन । कोषका कर्मचारी दीपक श्रीवास्तवले शनिबारदेखि रोनाल्डो सौराहा क्षेत्रमा देखिएको जानकारी दिए । निकुन्जका पशुचिकित्सक कमल गैरे सामान्यतया अहिले हात्तीको प्रजनन समय नभए पनि रोनाल्डोलाई यौनको मात चढेको बताउँछन् । सौराहामा निकुन्ज र कोषको एक एक वटा हात्तीसार छ । दुबैमा गरी आधा दर्जन ढोइ छन् ।
जिन्दगी सधैं खुसी र रमाइलोमा मात्र बित्दैन, कहिलेकाहीा त्यस्ता दिन पनि आउाछ, जुन बेला आफ्ना लागि यो संसारमा कोही हुादैन। भविष्य आध्यारो मात्र देखिन्छ, भएका उपलब्ध व्यर्थ हुन्छ, उत्साह, उमंग र रुचि हराएर जान्छ। त्यसबेला मान्छेले मृत्युको विकल्प देख्दैन। मान्छेमा यस्तो सोचाइ के कुराले आउाछ,
अहिलेसम्म विज्ञहरूले पत्ता लगाउन सकेका छैनन्। खाइपाइ आएको सुविधा एकाएक छुट्नु यसको सुरुवाती कारण भएको बताइन्छ। त्यसपछि केही मेडिकल कारणले यसको विकास गर्छ। जसमा थाइराइडको कम सक्रियता, ब्लडपे्रसरको औक्षधि प्रयोग गर्दा पनि त्यसको साइड इफेक्टले मान्छेमा डिपे्रसन हुने विज्ञहरूले बताएका छन्।
खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।
यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ । यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ । शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ । दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् ।
पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ । तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।
शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ ।
१) एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।
२) भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।
३) लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।
४) भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।
५) नुनको सेवन कम गर्नु पर्दछ ।
६) चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।
७) दिनमा कम्तिमा १०/१२ गिलास पानी पिउनु पर्दछ ।
८) जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।
९) काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।
१०) तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।
११) जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।
१२) मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ ।
१३) दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।
गूगल ले आफ्नो डोमेन नाम रजिस्ट्रेसन सेवाको बारेमा जानकारी देएको छ।
ठुलो अनलाइन सर्च इन्जिन गूगल एऔत एस्तो सेवा ल्याउन लागिपरेको छ जसको मद्ददले प्रयोगकर्ता आफ्नो करोबार को लागि डोमेन नाम खोज्ने , खरिद गर्ने र हस्तान्तरण गर्न सकिने छ।
कारोबारको बढ्दो संख्या ले अनलाइन उपस्थिति दर्ता गराउन आजको आबस्यकता छ। त्यसैले डोमेन नाम को बढ्दो माग भैरहेको छ।
गूगल को यो जानकारी एस्तो समएमा अगाडी आएको छ जब गोडैडी सेयर बिक्रीको मध्यम बाट एक अर्ब डलर जुटाउन कोसिस गरिरहेको छ। गोदैड़ी दुनियामा बढ्दो डोमेन नाम मद्दे एक हो
ठुलो अनलाइन सर्च इन्जिन गूगल एऔत एस्तो सेवा ल्याउन लागिपरेको छ जसको मद्ददले प्रयोगकर्ता आफ्नो करोबार को लागि डोमेन नाम खोज्ने , खरिद गर्ने र हस्तान्तरण गर्न सकिने छ।
कारोबारको बढ्दो संख्या ले अनलाइन उपस्थिति दर्ता गराउन आजको आबस्यकता छ। त्यसैले डोमेन नाम को बढ्दो माग भैरहेको छ।


