हेटौंडा ५ की नर्वदा प्याकुरेलका जेठा छोरा साढे १३ वर्षपछि सोमबार घर फर्केका हुन् । ‘फेसबुक’ को माध्यमले उनी घर फर्केका हुन् । २०५४ साउन २५ गते घरबाट बेपत्ता अमिर प्याकुरेललाई गत कात्तिक २८ गते आमा नर्वदा प्याकुरेलले ‘फेसबुक’ मा खोजी गर्ने क्रममा अमिर प्याकुरेललाई फेला पारेकी थिइन् । नेपाल टेलिकममा कार्यरत नर्वदाले लामो समयदेखि ‘फेसबुक’ मा छोराको नाममा ‘सर्च’ गरिरहेकी थिइन् । गत कात्तिक १८ गते बेलुका पनि सधैंझैं ‘फेसबुक’ मा सर्च गर्ने क्रममा उनको नाम र फोटो फेला परेपछि प्याकुरेल दम्पतीलाई छोरा फेला पर्ने बलियो आशा पलायो । फेसबुकमा देख्नेबित्तिकै उनीहरूले अमिरलाई ‘मेसेज’ पठाए । साढे तीन घन्टापछि अमिरले नर्वदालाई तपाईं मेरो आमा हो भनेर मेसेज पठाएपछि प्याकुरेल दम्पतीको खुसीको सीमा रहेन । खुसीका कारण उनीहरू रातभर निदाउन सकेनन् । फेला परेपछि प्याकुरेल परिवारलाई कसरी अमिरलाई घर फर्काउने भन्ने चिन्ताल्े सताइरहेको थियो । गत मंसिर १ गते टेलिफोनमा कुरा गरेपछि उनले घर र्फकने बताए । कामका कारणले ढिला हुन सक्ने जानकारी गराएका थिए । घरबाट आमाबाबुले लगातार फोन गर्न थालेपछि छिट्टै र्फकने गरी घर आएको उनले बताए । अंग्रेजीमा मात्र बोल्न रुचाउने अमिरले घर छाडेर किन हिँडेको आफूलाई सम्झना नभएको बताउँदै भने, ‘पढ्न राम्रै थिएँ, घरबाट माया पाएको थिएँ तर किन बिदेसिएँ थाहा भएन ।’
साढे १३ वर्षसम्म घरको याद आएन भनेर सोध्दा उनले भने, ‘बुबाआमा र भाइको याद आउँथ्यो तर र्फकन मन लागेन ।’ ९ कक्ष्ाामा अध्ययन गर्दागर्दै घरबाट एक्लै हिँडेको, के भनेर घर र्फकने भन्ने कारणले गर्दा विगतमा नफर्केको उनले बताए । २०५४ साउन २२ गते आफन्तसँग काठमाडौं पुगेका अमिरसँग त्यतिबेला थोरै पैसा थियो । काठमाडौंबाट सिधै उनी वीरगन्ज पुगेका थिए । ९ कक्ष्ाामा अध्ययन गर्दागर्दै एक्लै रक्सौल हुँदै भारतको मुम्बई पुगेका अमिर अहिले मुम्बईको ख्यातिप्राप्त होटलको प्रशासन प्रमुख भएर काम गरिरहेका छन् । ज्ञान र पैसा दुवै कमाउन सक्ने भएको दाबी गर्दै उनले भने, ‘नेपालको डाक्टर र इन्जिनियरभन्दा मेरो अवस्था कमजोर छैन ।’ होटलको प्रशासक हुुनुभन्दा अघिल्ला दिनका बारेमा उनले कुरा गर्न चाहेनन् । प्याकुरेल दम्पती नेपाल टेलिकम हेटौंडामा कार्यरत छन् । दुई सन्तानमध्ये जेठो छोरा १४ वर्षको उमेरमा बेपत्ता भएपछि साढे १३ वर्षदेखि गरुँगो मन लिएर जिइरहेका थिए । छोरा बेपत्ता भएको दुई दिनपछि कान्तिपुरमा छोरालाई घर र्फकन अनुरोध गर्दै अमिरका बुबाआमाले विज्ञापन गरेका थिए ।
२०५४ साल साउन २७ गते कान्तिपुरमा अमिरको फोटोसहित विज्ञापन गरेको कटिङ पनि सञ्चारकर्मीसहित छोरालाई देखाए । अमिरले ‘विगतका कुरा नगरौँ’ भनेर आमाबुबालाई रोके । ‘फेसबुक’ का माध्यमबाट बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै प्याकुरेल दम्पतीले भने, ‘फेसबुक’ जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको
बिँड’ । घरमा अहिले अमिरलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र सहपाठीको घुइँचो लागेको छ ।
साढे १३ वर्षपछि भेटिएका छोरासंग आमाबुबा । तस्विरः प्रताप
- प्रताप विष्ट
from: ekantipur
from: ekantipur
मानव यौन प्राणी हो । किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना हुनु स्वभाविक मानिन्छ जुन स्वास्थ्यको लागि आवश्यक पनि छ । यौनलाई व्यवस्थित गरी सुरक्षित यौनसम्पर्क राख्न सक्यो भने यसले मानिसलाई स्वस्थ रहन सहयोग पु¥याउँछ । यसै सन्दर्भमा यौनका स्वास्थ्य सम्बन्धी १० फाइदाहरूलाई तल उल्लेख गरिएको छ ।
१. यौनसम्पर्कले तनावमक्त राख्दछ ।
सरक्षित यौन सम्पर्ककले मानिसको यौन रक्तचाप सामान्य राख्दछ । अनुसन्धानकर्ताहरू प्रतिवेदन अनुसार यौनसम्पर्क राख्ने व्यक्तिहरूले अन्य व्यक्तिहरूको तुलनामा राम्रोसगँ तनाब व्यवस्थापन गर्दछन् ।
सरक्षित यौन सम्पर्ककले मानिसको यौन रक्तचाप सामान्य राख्दछ । अनुसन्धानकर्ताहरू प्रतिवेदन अनुसार यौनसम्पर्क राख्ने व्यक्तिहरूले अन्य व्यक्तिहरूको तुलनामा राम्रोसगँ तनाब व्यवस्थापन गर्दछन् ।
२. प्रतिरोधात्मक क्षमताको अभिवृद्धि
असल यौन स्वास्थ्य आफैमा उत्तम शारीरिक स्वास्थ्य मानिन्छ । विभिन्न अनुसन्धानहरूमा उल्लेख भए अनुसार, हप्तामा २ पटक भन्दा वढी यौन सम्पर्क राख्ने व्यक्तिको तुलनामा कम अथवा यौन सम्पर्क नराख्ने व्यक्तिहरूमा चिसो तथा अन्य संक्रमण छिटो हुने देखिएको छ ।
असल यौन स्वास्थ्य आफैमा उत्तम शारीरिक स्वास्थ्य मानिन्छ । विभिन्न अनुसन्धानहरूमा उल्लेख भए अनुसार, हप्तामा २ पटक भन्दा वढी यौन सम्पर्क राख्ने व्यक्तिको तुलनामा कम अथवा यौन सम्पर्क नराख्ने व्यक्तिहरूमा चिसो तथा अन्य संक्रमण छिटो हुने देखिएको छ ।
३. क्यालोरीको खपत
यौन सम्पर्कलाई शारीरिक अभ्यास ९भ्हभचअष्कभ० को राम्रो तरिका मानिन्छ । यौन सम्पर्कको बेलामा मानसिक र शारीरिक दबै अभ्यास हुने हुदाँ प्रशस्त क्यालोरीको खपत हुने गर्दछ ।
यौन सम्पर्कलाई शारीरिक अभ्यास ९भ्हभचअष्कभ० को राम्रो तरिका मानिन्छ । यौन सम्पर्कको बेलामा मानसिक र शारीरिक दबै अभ्यास हुने हुदाँ प्रशस्त क्यालोरीको खपत हुने गर्दछ ।
४. ह्रदय रोगमा सुधार
अनुसन्धानकर्ताहरूका अनुसार, हप्तामा दुइ वा दुइ पटक भन्दा बढी यौन सम्पर्क राख्ने व्यक्तिहरूमा ह्रदयघात हुने समस्या हराएर जान्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, हप्तामा दुइ वा दुइ पटक भन्दा बढी यौन सम्पर्क राख्ने व्यक्तिहरूमा ह्रदयघात हुने समस्या हराएर जान्छ ।
५. आत्मनिर्भरता बढ्छ
आत्मनिर्भरता असल यौनसम्पर्कबाट बढ्न जाने हुन्छ । विभिन्न खोजीहरूमा उल्लेख गरिएअनुसार आत्मनिर्भर व्यक्तिले जीवनमा यौनसम्पर्क राखेको हुन्छ ।
आत्मनिर्भरता असल यौनसम्पर्कबाट बढ्न जाने हुन्छ । विभिन्न खोजीहरूमा उल्लेख गरिएअनुसार आत्मनिर्भर व्यक्तिले जीवनमा यौनसम्पर्क राखेको हुन्छ ।
६. सम्बन्धमा सुधार
असल तथा सुरक्षित यौनसम्पर्क पश्चात यौनजोडीहरू बीचको सम्बन्धमा सुधार हुन गई पारस्पारिक विश्वास बढ्न जान्छ ।
असल तथा सुरक्षित यौनसम्पर्क पश्चात यौनजोडीहरू बीचको सम्बन्धमा सुधार हुन गई पारस्पारिक विश्वास बढ्न जान्छ ।
७. यौन सम्पर्कले पिडाबाट मुक्ति दिलाउँछ ।
यौन सम्पर्कसँगै शारीरिक पीडा घट्न जाने हुन्छ ।
यौन सम्पर्कसँगै शारीरिक पीडा घट्न जाने हुन्छ ।
८. यौन सम्पर्कले प्रोस्टेट क्यानसर को खतरा घटाउँछ
प्रायः २०–३० उमेर सम्मका पुरूष वर्गले हप्ताको ४–५ पटक विर्यस्खलन गर्दा प्रोस्टेट क्यानसरको खतरा घट्ने हुन्छ ।
९.मांशपेशी मजबुत राख्दछ ।
यौन सम्पर्कका कारण पेल्भिक मांशपेशी को राम्रो अभ्यास हुन गई महिलाहरूले आनन्द प्राप्त गर्नुको साथै उक्त मांशपेशी मजबुत हुन्छ जसले गर्दा कम संक्रमण हुने गर्दछ ।
९.मांशपेशी मजबुत राख्दछ ।
यौन सम्पर्कका कारण पेल्भिक मांशपेशी को राम्रो अभ्यास हुन गई महिलाहरूले आनन्द प्राप्त गर्नुको साथै उक्त मांशपेशी मजबुत हुन्छ जसले गर्दा कम संक्रमण हुने गर्दछ ।
१०. निद्रा पर्छ ।
असल यौन सम्पर्कले निद्रा बढाउँछ र स्वस्थ राख्दछ ।
असल यौन सम्पर्कले निद्रा बढाउँछ र स्वस्थ राख्दछ ।
पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्,
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्,
सोचें मैल नि सोच्न हुने नहुने,
लागे बरु पापै लागोस् !
लागे बरु पापै लागोस् !
(दुई)
तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म,
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म,
उपचारमा धाएँ धेरै
तिम्रो दिलको क्लिनिक धाउँदा धाउँदा
आज हेर जोगी भएँ म !
सुनखानी मा सुन भन्ने ले जे भनुन उनि मेरै हुन् । शरण "सागर"
तिमि संग म हाँस्दा हाँस्दै मरेछु भने, नरुनु है...!
धर्ति छोडी स्वर्गमा बसाई सरेछु भने ,नरुनु है....!
हाम्रो खुशीको आगमनमा नचाहादा नचाहादै पनि म,
तिम्रो दिलबाट ओइली झरेछु भने ,नरुनु है
भोगेर मृत्यूको लेखान्तलाई नदीको किनारमा हेर
जल्दै गरेको त्यो चिता माथि परेछु भने,नरुनु है
मरे पछि पनि आत्मा बनेर म तिम्रो समिपमा आई ,
तिमीलाई फेरी सताउने गरेछु भने, नरुनु है !!
![]() |
| बिष्णु लम्साल स्मरन |
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि
अरुको त के आस भयोर्, आफ्नाले नाता तोडेप
छीमलाई छोडी मेरै दुस्मन, सँग नाता जोडेपछि
झुटा रैछन तिम्रा ति बाचा हरु,
आज आइ एक पल मै सबै, बाचा तोडेपछी
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि !!!
बिष्णु लम्साल स्मरन
काठमाडौं नेपाल
blamsal37@gmail.com
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका स्वर : अञ्जु पन्त हुन्। यो नेपालि गजल को बोल हो 'मायामा धोका खाए अनि गजलकार भएँ म ' र यो नेपालि गजल मार्फत अञ्जु पन्त ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्याएको छ । मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ । नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने तय गरेको हो । मागभन्दा करिव साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताए । गत वर्ष भने मंसिरको पहिलो साता १२ घन्टासम्म लोडसेडिङ भएको थियो । स्पस्ट फोटो हेर्न फोटोमाथि क्लिक गर्नुहोस
लोडसेडिङको नयाँ तालिका

डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस । For Any Mobile For android
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गजलकार : एलिना संग्रौला संगित : अनिल संग्रौला स्वर : अञ्जु पन्त एल्बम : एलिना गजल हुन्। यो नेपालि गजल को बोल हो 'हिजो बासनादार चमेली बनायौ ' र यो नेपालि गजल मार्फत एलिना संग्रौला ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
हिजो बासनादार चमेली बनायौ ।। भिडियो | गजलकार : एलिना संग्रौला
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक मुरलिधर मिझार हुन्। यो नेपालि गजल को बोल हो 'त्यो नजरको बयान म गरू कसरी' र यो नेपालि गजल मार्फत मुरलिधर मिझार ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
गजल त्यो नजरको बयान म गरू कसरी भिडीयो - मुरलिधर मिझार
मलाई छोडी मेरो छाँया, कतै झरेछ। ...२
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
तेसै कतै बिते मेरा, चिसा-चिसा रातिहरु।...२
तातो माया सँगालेर...२,खोजीरहे साथीहरु...२।
वैश छँदा नभोगेको, रातै ढलेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
नलेखेको गीत मेरो, पाखाभरि गाए जस्तो। ...२
नदेखेको माया मेरो...२, आँखाभरि पाए जस्तो...२।
जिन्दगीको छेउमा कतै, ज्योती झरेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक नारायण गोपाल हुन्। यो नेपालि गजल को बोल हो 'मलाई छोडी मेरो छाँया, कतै झरेछ' र यो नेपालि गजल मार्फत नारायण गोपाल ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
[गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]....2
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा। ...2
झल्केको त्यो नाकको फुली, ..2 ज्योति बन्यो कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
पातलो त्यो मधुर ओंठ, स्वाद बनि पस्यो यो दिलैमा। ....2
मिलेका ति दाँतका पंक्ती...2 मोती बने कलिलो मायामा।
[गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]...2
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]....2
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा। ...2
झल्केको त्यो नाकको फुली, ..2 ज्योति बन्यो कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
पातलो त्यो मधुर ओंठ, स्वाद बनि पस्यो यो दिलैमा। ....2
मिलेका ति दाँतका पंक्ती...2 मोती बने कलिलो मायामा।
[गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]...2
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक गुलाम अलि हुन्। यो नेपालि गजल को बोल हो 'गाजलु ति ठुला ठुला आँखा' र यो नेपालि गजल मार्फत गुलाम अलि ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
भर्खर भर्खर मैले पनि मिग भन्ने सोशल एप्प्स चलाउन थालेको थे| कुरा मंसिर को कुनै रात को करीब १२ :३० तीरको हो। मैले कैलेपनी च्याट रूममाँ प्रबेस गरेको थिन र आज प्रबेश गर्न मन लाग्यो अनि नेपाली युबा युबती भन्ने च्याट रूम माँ प्रबेश गरे। चाट रूम माँ धेरै साथी हुदोरैछन् था थिएन तत्तिकैमा कतैबाट प्राइवेट चाट को ऑफर आयो। मैले रिक्वेस्ट एक्सेप्ट गरे, अनि तुरुन्तै Massage आयो हाई तिमि केटा हो कि केटी मैजे जवाफ दीदै भने केटा , तिमि कहा बाट हो नि? मैले सोधे अनि उता बाट फेरी भने म त तनहुँ बाट अनि आफु नि म पनि जवाफ दीदै काठमाण्डू भने मैले तुरुन्तै सोधे यति राति के गर्दै छौ ता मिग मा उसे भनी मेरो शाथी को भोली बेहे छ तेस्कै तैयारी मा हो। मलाई बिस्वास लागेन अनि भने तिमि केटा होला यदि मलाई बिस्वास दिलाउने हो भने यौटा फोटो पठाउन त उसले फोटो पठाई, फोटो त बब्बाल रहेछ गाउले टिप्पिकल कुनै फ़शैन अनि सहर को रौनक ले न छोएको मलाई उ संग फोन मा गफ्फ् गर्ने चाहना भयो तेसैले अझै बिस्वास नभएको जस्तै पारले भने, कुन केटीको फोटो पठाएको भने उसले मेरै हो भनि उसो भये मलाई तिम्रो फोन नंबर देऊ त कन्फोम गर्न पर्यो तिम्रो आवाज बाट, उसले केहि समय लगाएर नंबर दी ९८१xxxxxxx मैले तुरुन्तै कल गरे मसिनो आवाजमा भनी अब त बिस्वास भयो होलानी। कुरा निकैबेर भई सकेछ करीब १५ मिनट को गफ्फ़ पछि मैले भने अब सुत्ने बेला भएन र ? उता बाट अली छिटो भनि सूतनुस न त मैले छेकेकी छू र भन्दै थीं एसरी बोलेको पनि थी मलाई कता -कता अझै गफ्फ गर्न मन लागेको छ कि जस्तै लाग्दै थियो। फेरी भने आज धेरै रात भैसक्यो भोली फेरी कल गरौला नि त? उसले भनी हुन्छ। मैले फ़ोन राखेर फेरी मिग खोलें। उ गैसकेकी रैछे मलाई पनि साँच्चै निंद्रा ले मस्त बनाएको थियो। मैले मोबाइल सिरानी कै छेउमा राखेर निदाउने प्रयास गर्दै थे फेरी मोबाइल ले टोन दियो। फोन अघिकै केटीको थियो उसले आफ्नो मसिनो आवाज मा भनी सुन्नुस न यो मेरो बाबाको मोबाइल हो अनि मिग आईडी पनि बाबाकई हो प्लीज एस्मा फोन नगर्नुस है। मैले भने हुन्छ। ………उसले फेरी भनी म मेरै आईडी बनाएर तपाईलाई ऐड गर्छु नि हुन्छ.. ...........प्रेम कथा
भर्खर भर्खर मैले पनि मिग भन्ने सोशल एप्प्स चलाउन थालेको थे| कुरा मंसिर को कुनै रात को करीब १२ :३० तीरको हो। मैले कैलेपनी च्याट रूममाँ प्रबेस गरेको थिन र आज प्रबेश गर्न मन लाग्यो अनि नेपाली युबा युबती भन्ने च्याट रूम माँ प्रबेश गरे। चाट रूम माँ धेरै साथी हुदोरैछन् था थिएन तत्तिकैमा कतैबाट प्राइवेट चाट को ऑफर आयो। मैले रिक्वेस्ट एक्सेप्ट गरे, अनि तुरुन्तै Massage आयो हाई तिमि केटा हो कि केटी मैजे जवाफ दीदै भने केटा , तिमि कहा बाट हो नि? मैले सोधे अनि उता बाट फेरी भने म त तनहुँ बाट अनि आफु नि म पनि जवाफ दीदै काठमाण्डू भने मैले तुरुन्तै सोधे यति राति के गर्दै छौ ता मिग मा उसे भनी मेरो शाथी को भोली बेहे छ तेस्कै तैयारी मा हो। मलाई बिस्वास लागेन अनि भने तिमि केटा होला यदि मलाई बिस्वास दिलाउने हो भने यौटा फोटो पठाउन त उसले फोटो पठाई, फोटो त बब्बाल रहेछ गाउले टिप्पिकल कुनै फ़शैन अनि सहर को रौनक ले न छोएको मलाई उ संग फोन मा गफ्फ् गर्ने चाहना भयो तेसैले अझै बिस्वास नभएको जस्तै पारले भने, कुन केटीको फोटो पठाएको भने उसले मेरै हो भनि उसो भये मलाई तिम्रो फोन नंबर देऊ त कन्फोम गर्न पर्यो तिम्रो आवाज बाट, उसले केहि समय लगाएर नंबर दी ९८१xxxxxxx मैले तुरुन्तै कल गरे मसिनो आवाजमा भनी अब त बिस्वास भयो होलानी। कुरा निकैबेर भई सकेछ करीब १५ मिनट को गफ्फ़ पछि मैले भने अब सुत्ने बेला भएन र ? उता बाट अली छिटो भनि सूतनुस न त मैले छेकेकी छू र भन्दै थीं एसरी बोलेको पनि थी मलाई कता -कता अझै गफ्फ गर्न मन लागेको छ कि जस्तै लाग्दै थियो। फेरी भने आज धेरै रात भैसक्यो भोली फेरी कल गरौला नि त? उसले भनी हुन्छ। मैले फ़ोन राखेर फेरी मिग खोलें। उ गैसकेकी रैछे मलाई पनि साँच्चै निंद्रा ले मस्त बनाएको थियो। मैले मोबाइल सिरानी कै छेउमा राखेर निदाउने प्रयास गर्दै थे फेरी मोबाइल ले टोन दियो। फोन अघिकै केटीको थियो उसले आफ्नो मसिनो आवाज मा भनी सुन्नुस न यो मेरो बाबाको मोबाइल हो अनि मिग आईडी पनि बाबाकई हो प्लीज एस्मा फोन नगर्नुस है। मैले भने हुन्छ। ………उसले फेरी भनी म मेरै आईडी बनाएर तपाईलाई ऐड गर्छु नि हुन्छ.. ...........
साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ ।
हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ?राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो ।
मैले प्रतक्ष्य देखेको भने थिइन ?
कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो ।
साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।
हामी मतलब राज र म ।
हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ ।
राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।
उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।
त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो ।
राज सँधै उनको बारेमा बताउथे ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् ।
राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ?
हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो ।
नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।।।
नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो ।
मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो ।
कहिले भेटेर त कहिले फोन बाट नै लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो ।
म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार।
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ)
“ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।
उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।
एक कान दुइ कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो ।
अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।
मेरो आँखा भरी आँसु टम्म थिए ।
म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन ।
माया प्रतक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो ।
मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन।
म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए ।
मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले ।
'मेरी नुर
जुनी जुनी जिउनु ल ।
तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
तर पनि मलाइ दुख मन छैन ।
किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु ।
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।
भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।
तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ?
मेरो घर पहाडमा छ ।
प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ ।
तिमीलाइ थाहा नै छ होला ।
पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर ।
तर पनि मेरो ठम्याइ छ ।
त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए ।
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।)
हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ ।
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो ।
जे चाहन्छ उही हुन्छ ।
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाइ “अल्ला” भनेर चिन ।
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन ।
तर मैले चाहिन त्यो ।
किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे ।
कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ....... भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।
मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीयनको सेतो,हरियो हुन्छ
की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।
हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ?
सँधै पैसाकै पछाडी कुद्छन् ।
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे ।
उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर ।
तिमीःलाइ त माया गर्न आउछ नी है ?
तिमी सँग भेट हुने यही अन्तीम हो ।
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ ।
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले ।
यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।
हाइयाक्अल्ला या नुर,मासलाम !!
राज !!
दाइ के छ हो आजको हट न्युज ?
म झसङ्ग भए ।
सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि ।
नुरले आत्महत्या गरीछे यार ।
को नुर ? राजकी नुर ?
अँ हो ।
त्यसले यतीका पछी किन आत्महत्या गरी त ?
थाहा छैन यार ।
मैले केही थाहा पाउन सकेको छैन ।
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
एक छिन है मेल आएको रहेछ ।
अफिसीयल होला ।
मेल नयाँ ठेगाना बाट आएको थियो ।
मैले अल्मलीदै खोँले ।
अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?
उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न ।
यो जमानामा पनि यति कुराको के चिन्ता ?
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।
'नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?
मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो ।
आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो ।
मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो ।
त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन ।
भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए ।
उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला ।
त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए ।
म निष्ठुरी होइन बिशाल बाबु ।
मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो ।
अनी गर्नेछु त त्यो पनि राजलाइ ।
सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ?
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ ।
तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ?
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ ।
मैले गल्ती त गरीन नी है बिशाल बाबु ?
बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु ।
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु ।
मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।
उही हजुरको हुन नसेकी,
हजुरले फोनमा जिस्काउने,
हजुरकी भाउजु
'नुर' !!!
(फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)





