• Home Page
  • Modes
    • Post With Featured Image
    • Post With Slider
    • Post with SoundCloud
    • Post With Video
  • Templates
    • Authors
    • Sitemap
    • Tags
    • Timeline
  • Categories
    • World
    • Technology
    • Sports
  • Layout
    • Full Width
    • Right Sidebar
    • Left SIdebar
  • Reviews
    • Stars
    • Points
    • Percent
    • in The Top
  • Calender
  • Unicode
  • BS to AD
  • Preeti
  • Article
काठमाडौं,फागुन १६ । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न बुवा ज्ञानेन्द्र र आमा कोमल शाह थाइल्याण्ड जाँदैहुनुहुन्छ । उहाँहरु बुधबार दिउँसो थाइ एयरबाट त्यस तर्फ जान लागेको दरवारका पूर्व सदस्य सचिव तथा ज्ञानेन्द्रका सहयोगी डा फणिराज पाठकले जानकारी दिनुभयो । दिउँसो १ बजेर ५५ मिनेटको उडानबाट ज्ञानेन्द्र दम्पत्ति थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । हृदयघातपछि थाइल्याण्डको बैंककस्थित समितभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन । गत मंगलबार अस्पताल भर्ना गरिएका पारसको एक हप्ता बितिसक्दा समेत सुधार आएन नसकेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार सांझ निकालेको संक्षिप्त विज्ञप्तिमा उनको स्वास्थ्यस्थिति अत्यन्त गम्भीर तर स्थिर रहेको उल्लेख छ । अस्पतालले पारसलाई अस्पताल भर्ना गरिएदेखि नै स्वास्थ्य अवस्था गम्भीर तर स्थिर (क्रिटिकल बट स्टेबल) रहेको जनाउँदै आएको छ ।      read more
कुमार जि आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनी जन्मदा पुलिङ भएर जन्मे पनि Facebook एकाउन्ट खोल्दा स्त्री लिङ बनेर कुनै तरुनिका फोटो राखी दुनियाँ लाई दु:ख दिने अल्प नामधारी समलिङी ब्रमाणले नाङो तस्बिर ट्याग गरी दु:ख दिदै आएको छन यो देखेर जीतु मुनी आष्चर्य मान्दै भन्नु हुन्छ जवानी कन्याको शरीरमा भोटो नहुनु फेसबुक चलाऊने युजरको फोटो नहुनु दुबै खतराको संकेत ई दुबै बाट बच्ने उपाय बाताइ दिनु भनि भन्दा कुमार जि आज्ञा गर्नु हुन्छ हे बुढो बालक म कसरी सम्झाउ तिमी लाई ई सबै को छुटकारा पाउनको लागि डङ्किनी जस्ता देखिने दिउसै तर्साउने रुप भएका उमेरले दुई कोरी दस नाघेका बुढी माउ सुकन्या ले तस्बिर अपलोड गर्दा तुरुन्त गई लाइक ठोकी वाह क्या दामी सोर्गकी अप्सरा झै देखिनु भएको छ भनी झुटो तारिफ गरी पंन्छिनु अनी ताइलाडे गजलकारले शब्द शब्द जोडेर बनाएको गजलमा सुन्दर अती मिठो भनी कमेन्ट गर्नु झुक्किएर पनि गल्ती र कम्जोरी नदेखाउनु भरी सक्दो पोस्ट भै सक्दा लाइक र कमेन्ट बाजाइ हाल्नु प्रतेक दिन १०८ महिलाको तस्बिर मा लाइक र कमेन्ट गर्नु प्रतेक दिन १०८ स्टटमा लाइक र कमेन्ट गर्नु प्रतेक दिन १०८गजलमा लाइक र कमेन्ट गर्नु प्रतेक दिन १०८जोकमा लाइक त कमेन्ट गर्नु प्रतेक दिन १०८ पेज लाइक गर्नु यती भनी अन्तर्ध्यान हुनु इति श्री स्कन्दे फेसबुक पुराणे यथार्थ खण्डे महात्मगस्ते फेसबुक बरणे सम्बादे समाप्ते बर्णनो नाम...प्रथमो अध्याय !!!!! 

आज मिति २०६९ साल फागुन महिनाको १३ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वयुवराज पारस शाहको अबस्था झन जटिल हुँदै गएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । कान्तिपुर दैनिकले प्रधानन्यायाधीशलाई अन्तिम आग्रह गरिने शीर्षकमा प्रमुख समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले आज सहमति नभए जेठमा चुनाव नहुने भन्दै प्रमुख समाचार छापेको छ ।




  सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

 

झापा,फागुन ११ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको सतासीधाममा विहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको को १ ख ३६६५ नम्बरको ट्रकले सतासी ५ मा ठक्कर दिँदा सोलुखुम्वुको सोताङ ९ का ४० बर्षीय सहवीर राईको ज्यान गएको गएको हो । साँझ साढे छ बजेतिर बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन्
Tiger love camera
भोकाएको सिंहले सिकार रोज्छ की क्यामरा ? यो प्रश्न वाहियात जस्तै लाग्छ । किनकी सिंहले सिकार छाडेर क्यामेरा रोज्छ भन्ने तर्क कसैले गर्छ भने त्यो मुर्ख नै ठहरिन्छ । साँच्ची सिंहका लागि क्यामराको कुनै उपयोग हुँदैन त्यसैले उसले सिकार नै रोज्छ ।तर यो सिद्धान्त सधै लागु हुँदो रहेछन ।
जिम्बाबेमा हालै एक फोटोग्राफरले एक यस्तो अद्धितिय दृश्य कैद गरेका छन् जसमा एक पोथी सिंहले सिकार छाडेर क्यामरा खेलाइरहेको छ । अमेरिकी फोटोग्राफर एड हेथरिंगटनले जिम्बाबेको जंगलमा यस्तो दृश्य कैद गरेका हुन् । उनले सिंहको क्लोजअप तस्वीर लिनका लागि सिंहले केही समयअघि मारेको भैँसीको नजिकै लगेर आफ्नो स्वचालित क्यामरा राखेका थिए ।
सिंहका बथान आएर त्यस भैँसीको सिकार मज्जाले खाएको दृश्य उक्त क्यामरामा कैद हुने आशा उनलाई थियो । तर त्यस्तो भएन । एउटा पोथी सिंहले त्यो भैँसीको मासु खान छाडेर उल्टै सोही क्यामरासँग खेल्न थाल्यो र मुखमा च्याँपेर यताउती डुलायो पनि । त्यो अनौठो क्षणलाई एडले आफुसँग भएको अर्को क्यामरामा कैद गरे । हेरौँ सिंहको क्यामरामोह:

मेरी बास्सै भाग १ 
 

मेरी बास्सै भाग २ 

 

मेरी बास्सै भाग ३ 

 
पल पल पल हर पल कैसे कटेगा
 

पहिला पहिला 'कैडबेरी' मै मान्थी मोरी, 
अचेल त 'ब्लैकबैरी' भन्न थाली !
 पहिला पहिला i-Ce क्रिम मै मान्थीमोरी,
 अचेल i-Pod / i-Phone पो भन्न थाली!
 ग्यास्ट्रिकको ट्याब्लेट खाने दाम समेत छैन गोजीमा,
 उ त सामसुंग को "ग्यालेक्सी ट्याब्लेट" पो भन्छे ! 
आज त हदै गरि मोरीले, 
'स्क्रिनटच' दिन्छस भने 'स्किनटच' दिन्छु पो भन्छे.......!!
http://www.facebook.com/ghajalsayari
Download Funny Baby Pictures
म Ice-cream मन पर्छ भनेर सोध्छु..
ऊ, मलाई iPhone मन पर्छ भन्छे....

म आज dating जाउँ न त भन्छु..
ऊ, होइन shopping जाउँ न भन्छे....

म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु..
ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे....

म I love you honey भन्छु
ऊ Give me some money भन्छे......haha.

 meri bassai part 1


meri bassai part 2


meri bassai part 3

meri bassai part 4


प्रधानमन्त्रीलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा (भिडियो सहित)

माघ २९ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । बालकुमारी कन्या उच्च मावि नारायणगढको स्वर्ण महोत्सव समापन गरी प्रधानमन्त्री राजधानी जान भरतपुर विमानस्थलतर्फ फर्कने क्रममा भरतपुर ओरालोमा गाडी दुर्घटनामा परेको हो । सो क्रममा प्रहरी स्कटिङ्ग गरिरहेका वेला ओरालोको मोडमा गाडी दुर्घटनामा परेको हो । ग १ ४ ६१८४ नम्वरको प्रहरी बोकेको गाडी दुर्घटनामा परेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो । दुर्घटनामा १४ जना प्रहरी घाईते भएको उहाँले बताउनुभयो । घाइते प्रहरीहरुको अहिले भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।http://www.youtube.com/watch?feature=player_embedded&v=qXzjewz3yoc
मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे होस्, मेष राशिका लागि आकर्षणको पहिलो केन्द्र सिंह राशिसँग हुन्छ भने लामो समयपछि मकर र कुम्भसँग हुन्छ। मेष राशिका व्यक्तिहरूले प्रेम प्रस्ताव राख्दा बिहानको समय रोज्नु उपयुक्त हुन्छ। धेरैजसो युवा बेलुकीपख प्रेम प्रस्ताव राख्छन्। यो मेष राशिका लागि लाभदायक हुँदैन। मेष राशि सूर्यसँग सम्बन्धित भएकाले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ। मन्दिरमा पूजा गर्ने निहुँले भेट्नु दुवैका लागि राम्रो हुन्छ। सूर्योदयका बेला दुवैजना आ-आफ्नो घरमा हुने भएकाले त्यही बेला भेट्न असम्भव भएको अवस्थामा फेसबुक वा अन्य इलेक्ट्रोनिक्स माध्यमबाट प्रपोज गरे पनि हुन्छ। यो राशि भएका व्यक्तिहरूको लेखाइभन्दा बोली बढी प्रभावकारी हुने भएकाले म्यासेजभन्दा बोलीको प्रयोग गर्नु बढी हितकर मानिन्छ।
मेष राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्दा अनिवार्य रूपमा रातो रङ्गको कुनै एउटा वस्त्र धारण गर्नुपर्छ। भेटमा पूर्व दिशा फर्किएर प्रपोज गर्दा त्यसको प्रभाव बढी हुन्छ। प्रस्ताव राख्दा खाली हातभन्दा गिफ्ट दिनु उपयुक्त हुन्छ। यस्तो उपहारलाई झल्लर भएको कपडाले बेर्नु राम्रो मानिन्छ। यस्तो उपहार विशेष गरी माटोले बनेका सामग्रीसँगै रातो र पर्पल रंगले रंगिएका अक्षर प्रयोग भएका कार्ड दिनु राम्रो मानिन्छ।
मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई तेलमा तारेको तथा पोलेर तयार गरिएका परिकारहरू ख्वाउनु उपयुक्त हुन्छ। आफ्ना प्रियजनलाई लिएर डेटिङमा जाने हो भने उज्यालो र एकान्त ठाउँ रोज्दा प्रेममा सफलता प्राप्त हुन्छ। यो राशि भएकाहरूले आफ्नो भ्यालेन्टाइनलाई निधारमा किस गर्नु प्रभावकारी हुन्छ।
नोटः मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा कुनै पनि साधन प्रयोग नगर्नु नै लाभदायक हुन्छ।


वृषः यो राशिका लागि प्रेम गर्न सर्वाधिक उपयुक्त राशि कन्या हो। वृष राशिका व्यक्तिहरूले मिथुन, वृश्चिक तथा मकर राशिका व्यक्तिसँग पनि प्रेमसम्बन्ध अघि बढाउन सक्छन्। वृष राशि भएका व्यक्तिहरूले सूर्य उदय भएको चार घण्टाभित्र प्रेम प्रस्ताव राखिसक्नुपर्छ। प्रेम भैसकेका व्यक्तिहरूले पनि आफ्नो भ्यालेन्टाइनप्रति बिहान ६ बजेदेखि १० बजेभित्रमा प्रेम दर्साउनुपर्छ। यो राशिका व्यक्तिहरूको बोलीको प्रभाव कम हुने भएकाले प्रत्यक्ष भेट्नुभन्दा विद्युतीय सञ्चारमाध्यममार्फत प्रपोज गर्नु बढी प्रभावकारी हुन्छ। फोनबाट प्रेम प्रस्ताव राख्दा पश्चिम दिशा फर्किएर छोटो-मीठो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रपोजपश्चात्को भेटमा प्रेमी वा प्रेमिकाले क्रिम कलरको पहिरन प्रयोग गर्न सक्छन्। यो राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई पशुपन्छीहरूका चित्र वा मूर्ति उपहार दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदाचाहिँ चाँदी रंगको वा चाँदीका फ्रेम भएको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ।
रेस्टुराँ जाँदा गोलो आकारका गुलिया परिकार खानु उपयुक्त हुन्छ। यसले प्रेममा विश्वास जागृत गराउँछ। डेटिङ स्पटमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई माया व्यक्त गर्न बोलीभन्दा बढी व्यवहार प्रदर्शन गर्नु उपयुक्त हुन्छ। किस गर्दा घाँटीको दायाँ-बायाँ गर्न सकिन्छ।
नोटः वृष राशि भएका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई भेट गर्न जाने क्रममा अनाथ वा वद्धवृद्धाहरूको सेवा गरे योजना सकारात्मक रूपमा पूरा हुनेछ।



मिथुनः यो राशिको तुला राशिसँगको केमेस्ट्री उत्तम हुन्छ। यद्यपि यो राशिका व्यक्तिहरूको प्रेम धनु, वृष र मिन राशिसँग पनि राम्रो हुने देखिन्छ। मिथुन राशिका व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा अथवा बेलुकी सूर्य अस्ताएपछि प्रेमप्रस्ताव राख्नु उत्तम हुन्छ। यो राशिका व्यक्तिले हरियो वा नीलो रङ्गका वस्त्रको प्रयोग गरी उत्तर फर्किएर सार्वजनिक रूपमा उद्घोष गर्दै प्रस्ताव राख्नुपर्छ। यो शैलीको प्रस्ताव उनीहरूको भ्यालेन्टाइनले रु चाउने देखिन्छ। यदि सार्वजनिक रूपमा उद्घोष गर्दै प्रपोज गर्ने मन नभए सार्वजनिक ठाउँमा कुनै चित्रकला देखाएर अथवा कुनै सजावटी सामग्रीको माध्यमबाट पनि प्रपोज गरे सफलता हासिल गर्न सकिन्छ। यो राशिका व्यक्तिहरूको प्रभावकारिता नै सार्वजनिक स्थानमा हुने भएकाले यसो गर्नुपरेको हो। मिथुन राशिका व्यक्तिले उपहार दिँदा चलायमान, आवाज निस्कने, बत्ती बल्ने सामग्री दिए सजिलै आफ्नो भ्यालेन्टाइनलाई प्रभावमा पार्न सकिन्छ। भ्यालेन्टाइन कार्डचाहिँ रेक्ट्याङगुलर सेपमा नीलो मसीले लेखिएको हरियो कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। खानेकुरामा पिरो र अमिलो परिकार प्रयोग गर्दा सम्बन्धमा मिठास आउँछ। डेटिङ स्पटका लागि मेला, सिनेमा हलजस्ता भरिभराउ स्थल वा फल फल्ने बगैंचा रोज्नु राम्रो हुन्छ। माया व्यक्त गर्दा दायाँ हातका औंलाहरूमा चुम्बन गर्दा प्रेम प्रगाढ हुन्छ।
नोटः मिथुन राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा घरको दैलोबाट आफ्नो दायाँ खुट्टालाई पहिले निकाले प्रेमप्रस्तावका बेला आउने बाधा-अवरोधहरू हटेर जानेछन्।


कर्कटः केही टेढो चाल चल्ने राशिका रूपमा चिनिने कर्कट राशिका लागि वृश्चिक राशि भएका व्यक्ति सर्वोत्तम हुन सावित हुनसक्छ। त्यसबाहेक मेष र कुम्भ राशि भएका व्यक्तिहरूसँग पनि प्रेम गर्दा फरक पर्दैन। यो राशिका व्यक्तिले सेतो, खैरो अथा नीलो रङ्गको वस्त्र लगाएर पूर्व दिशातर्फ र्फकंदै दुई अर्थ लाग्ने शब्द प्रयोग गरी प्रपोज गरे सकारात्मक उत्तर आउनेछ।
उपहार दिँदा पनि अनौठो आकार-प्रकारका जनावरहरूको मूर्ति अथवा अध्ययन सामग्री दिनु राम्रो हुन्छ। त्यसैगरी क्याल्कुलेटर, मोबाइल वा कम्प्युटर जस्ता उपहार पनि उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले भ्यालेन्टाइन कार्डका रूपमा खैरो गातामा भित्र गाढा रातो अक्षरले धेरै पृष्ठमा धेरै कुरा लेखिएका कार्ड दिनु सर्वोत्तम हुन्छ। खानेकुरामा शाकाहारी भोजनभन्दा मांसाहारी भोजन राम्रो मानिन्छ। डेटिङका लागि तलाउ, पोखरी तथा खोला, नदी वा जनावरहरू भएका स्थानमा जानु उत्तम हुन्छ। चुम्बन गर्ने हो भने टाढैबाट फ्लाइङ किस गर्नु प्रभावकारी हुनसक्छ।
नोटः आफ्नो भ्यालेन्टाइनलाई प्रपोज गर्दा छालाजन्य पर्स, बेल्ट एवं तिखा सामग्री बोकेर जानु राम्रो मानिँदैन।


सिंहः यो राशि भएका व्यक्तिका लागि मेष राशिसँगको प्रेम सर्वोत्तम हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिको प्रेम सिंह राशिकै व्यक्तिसँग पनि सफल हुने देखिन्छ। सिंह राशिका व्यक्तिले प्रेम प्रस्ताव राख्दा मध्यान्ह १२ देखि ३ बजेसम्मको समय छान्नु उपयुक्त हुन्छ। प्रेम प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ। यद्यपि इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ। प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ। भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ। उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ। उपहार दिँदा धेरै गोजी भएका, धेरै चेन भएका, धेरै बटम भएका वा धेरै रंग प्रयोग भएका बाक्ला पहिरन छान्नु उत्तम हुन्छ। भ्यालेन्टाइन कार्ड पनि केही फरक हुनु आवश्यक छ। बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। भे टघाटपछि खाने परिकारमा चकलेट तथा केकजस्ता गुलिया र कोमल मिठाई खानुपर्छ। भे टघाटका लागि रेस्टुराँका रुफटपमा बस्नु वा अग्लो स्थानमा रहेको प्राकृतिक सौन्दर्यले भरिएका स्थान रोज्नुपर्छ। आफ्नो भ्यालेन्टाइनलाई किस गर्ने हो भने ओठ उपयुक्त अङ्ग हुनसक्छ।
नोटः सिंह राशिका व्यक्तिहरूले प्रपोज गर्ने क्रममा आफ्नो शिर टोपी वा सलले अथवा अन्य कुनै कपडाले छोपे भाग्य वृद्धि हुँदै प्रेम अटुट रहन्छ।




कन्याः कन्या राशि भएका व्यक्ति कोमल हुन्छन्। यस्ता व्यक्तिले वृष राशि भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ। कन्या राशिको संगत तुला, धनु तथा मिन राशिसँग हुँदा पनि प्रेमले सफलता पाउँछ। यो राशि भएका व्यक्तिले पे्रमप्रस्ताव राख्दा मध्याह्न ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ। चन्द्रमा र बुध ग्रहको प्रभावका कारण यी राशि भएकाहरूले हरियो वा सेतो रङ्गका वस्त्र धारण गर्नु उपयुक्त हुन्छ। आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। उपहारका लागि काठले बनेका सामग्री दिनु प्रभावकारी हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदा फुलबुट्टाले भरिपूर्ण भएका गातारहित कार्ड रोज्नु राम्रो हुन्छ। पे्रमप्रस्ताव राख्दा कमै बोल्नु उपयुक्त हुन्छ। बोल्नुपर्ने अवस्थामा सकेसम्म पश्चिम दिशातर्फ नै फर्किएको हुनुपर्छ। आफ्ना प्रेमी वा प्रेमिकालाई डिनर अथवा लन्च गराउने सोच छ भने आफ्नै हातले बनाएको अन्नको परिकार ख्वाउँदा प्रेमले प्रगाढ रूप लिन्छ। डेटिङका लागि फन पार्कजस्ता बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ। समय मिले वा प्रेम स्वीकृत भएको अवस्थामा आफ्नो व्यक्तिलाई गालामा चुम्बन गर्नु राम्रो हुन्छ।
नोटः कन्या राशि भएको व्यक्ति पुरुष भए रातो रङ्गको टीका निधारमा लगाएर डेटिङमा जानुपर्छ भने स्त्री भए रातो रङ्गको नेल पोलिस प्रयोग गर्नुपर्छ।


तुलाः यो राशिका लागि सर्वाधिक प्रिय राशि मिथुन हो। मेष र मकरसँगको प्रेमसम्बन्ध पनि सकारात्मक रहन्छ। यो राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ। बिहानै पे्रम प्रस्ताव राख्ने हो भने आफ्नो शयन कक्षको पूर्व उत्तर कुनामा फर्किएर म्यासेज वा अन्य विद्यूतीय सञ्चारमाध्यम प्रयोग गर्न सकिन्छ। प्रेमप्रस्ताव राख्दा सुन्तला वा कलेजी रङ्गका पहिरन लगाए पे्रम सफल हुने सम्भावना बढी हुन्छ। उपहारका लागि अर्धतरल पदार्थबाट बनेका सामग्रीहरू जस्तै स्याम्पो, तेल, क्रिम, लोसन आदि प्रभावकारी हुन्छन्। भ्यालेन्टाइन कार्डका रूपमा सुन्तला तथा कलेजी रंगको खोल एवं मधुरो अक्षरमा लेखिएका अण्डा आकारको कार्ड दिनु राम्रो मानिन्छ। खानेकुरामा मिक्स आइटमले सजिएका परिकार ख्वाए माया बराबर हुने विश्वास गरिन्छ। यो राशि माथि मंगल ग्रहको प्रभाव रहने हुँदा डेटिङ जाँदा खुला जमिनमा बसेर दुःख सुख साटे आगामी जीवन सुखमय रहनेछ। यो राशिका व्यक्तिले माया व्यक्त गर्दा न्यानो अगालोमा बाँध्नु उपयुक्त हुन्छ।
नोटः तुला राशि भएका व्यक्तिले थप सम्बन्ध विस्तार गर्न भने प्रत्येक दिन रातो माटोलाई दाँया हातको मुठ्ठीमा राखेर दक्षिण तर्फ र्फकनुपर्छ। एकछिन् मुठ्ठीमा बाँधेपछि उक्त माटो विसर्जन गर्नुपर्छ। यो कार्य नियमित गर्दा शरीर भित्र भएका नकारात्मक उर्जाहरू नष्ट हुन्छन्।



वृश्चिकः यो राशिका लागि कर्कट राशि उपयुक्त मानिन्छ। यसबाहेक सिंह र कन्या राशि भएका व्यक्तिसँग पनि वृश्चिक राशिको सम्बन्ध गाढा हुन सक्छ। गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नुपर्छ। यो राशि भएका व्यक्तिहरूले कुनै पनि माध्यम प्रयोग नगरी सीधै प्रस्ताव राख्न सक्छन्। प्रेम प्रस्ताव राख्ने समयका हकमा सूर्यास्त बढी प्रभावकारी हुन्छ। उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्डका रूपमा सेलिब्रेटीहरूका तस्बिर छापिएका चम्किला सेता तथा गुलाबी गोलाकार कार्ड प्रयोग गर्दा सकारात्मक रूपमा ग्रहण हुन सक्छ। वृश्चिक राशिमा शुक्र ग्रहको प्रभावका कारण गुलिया पदार्थहरू मह र तरल पर्दाथहरूलाई चाँदीको भाडामा राखेर ख्वाए प्रेमी-प्रेमिकाको सोच सकारात्मक हुनेछ। डेटिङका रूपमा प्रियजनलाई फिल्महल, कन्सर् ट, पव, डिस्कोजस्ता ठाउँमा लान सकिन्छ। यस्ता स्थानमा जान मन नहुनेले आफ्नो भ्याले न्टाइनसँग गीत गाउने एवं गाउन लगाए सम्बन्धको डोरी बलियो हुन्छ। वृश्चिक राशि भएका व्यक्तिले प्रियजनको दुवै आँखामा चुम्बन गर्नु राम्रो मानिन्छ।
नोटः वृश्चिक राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा चाँदीले बनेका गहना प्रयोग गर्दा सम्बन्ध प्रगाढ हुन्छ।



धनुः यो राशि आज्ञाकारी भएकाले कुम्भ राशिसँगको प्रेमसम्बन्ध निकै राम्रो हुन्छ। त्यसबाहेक मेष र सिंह राशि भएका व्यक्तिसँग अफेयर चलाउँदा पनि सकारात्मक परिणाम आउँछ। यस पटकको भ्यालेन्टाइन्स डे बिहिबार परेकाले यो राशिमा बृहस्पति ग्रहको प्रभाव पर्छ। फलस्वरूप यो दिन धनु राशिका व्यक्तिले जुनसुकै राशिका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्दा त्यसको प्रभाव अन्य दिनको तुलनामा बढी हुन्छ। सूर्य अस्त हुने समयमा दक्षिण दिशातर्फ फर्किएर फोनका माध्यमबाट प्रेम प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। यो समयमा धनु राशिले पहेंलो रंगको कुनै एउटा पहिरन लगाएको हुनुपर्छ। यसरी प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ। यदि आफ्नो प्रेमप्रति निकै विश्वास छ भने आफ्नो भ्यालेन्टाइनको दुई हात समाएर झुकेको शीरले प्रेम प्रस्ताव राख्नुपर्छ। बाँस अथवा कागजले बनेका सामग्रीहरू उपहार दिँदा माया बढी प्रगाढ हुनेछ। यो राशि भएका व्यक्तिले भ्याले न्टाइन कार्डचाहिँ पहेलो रंगको गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ। प्रपोजपश्चात् शुद्ध साकाहारी त्यसमाथि पनि रस बढी भएका फल दुई हातले ख्वाइदिए आफ्नी भ्यालेन्टाइनको मन कोमल हुन्छ। डेटिङका लागि दूबो भएका बगंैचा तथा पहेंला रङ्गका फूल भएको ठाउँ रोज्नुपर्छ। डेटिङको बेला आफ्नो भ्यालेन्टाइनलाई थप प्रभावित तुल्याउने हो भने शिर अथवा निधारमा चुम्बन गर्न सकिन्छ।
नोटः धनुराशि भएका व्यक्तिले प्रपोज गर्दा आफ्ना हातखुट्टाका नङहरू काटेर सफा हुँदै दायाँ हातको नाडीमा पहंेलो धागो बाँधे बृहस्पति ग्रहको सकारात्मक प्रभाव पर्नेछ।



मकरः अस्थिर यो राशिका व्यक्तिका लागि मेष राशिका व्यक्ति सर्वोत्तम मानिन्छन्। त्यसबाहेक कन्या र कर्कट राशिसँगको सम्बन्धले पनि फरक पर्दैन। यो राशि भएका व्यक्तिले प्रपोज गर्दा रातिको समयमा पश्चिम दिशा फर्किएर कुरा घुमाउँदै प्रपोज गरे बोलीको प्रभाव बढ्नेछ।
भेटेर प्रपोज गर्ने हो भने कालो अथवा निलो रङ्गको वस्त्र कुइनासम्म ढाकिने गरी धारण गरी प्रपोज गरे त्यो अविस्मरणीय हुनेछ। यो राशिमाथि शनि ग्रहको राम्रो प्रभाव भएकाले गिफ्टका रूपमा इलेक्ट्रोनिक्स चीजहरू प्रयोग गर्दा बल आफ्नो पोल्टामा पर्न सक्छ। यस्तै भ्यालेन्टाइन कार्डहरूको प्रयोग गर्दा पनि इलेक्ट्रोनिक्समा आधारित बज्ने, बोल्ने खालका कार्डहरू वर्गाकार र आयताकार सेपमा रोज्नुपर्ने हुन्छ। भ्यालेन्टाइनलाई भोजन गराउने हो भने मेसिनबाट तयार भएका परिकारहरू ख्वाउनु राम्रो हुन्छ। डेटिङका लागि अत्याधुनिक प्रविधि भएका स्थानजस्तै सपिङ्ग मल तथा विदेशका स्थानहरू रोज्नु उचित हुन्छ। कान नजिक चुम्बन गरे पे्रमको स्पर्श संगीत जस्तै हुनेछ।
नोटः प्रपोज गर्दा छालाजन्य वालेट तथा ब्यागहरूको प्रयोग नगर्नु नै उत्तम हुन्छ।



कुम्भः अलिकति अल्छी स्वाभाव भएको राशिका रूपमा चिनिने कुम्भ राशिले तुला राशिका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्नु सुमधुर हुन्छ। यसबाहेक वृष र कर्कट राशि पनि कुम्भका लागि उपयुक्त हुन्छन्। यो राशि भएका व्यक्तिका लागि प्रपोजको समय राती हो। प्रपोज गर्दा नीलो रङ्गको वस्त्र धारण गरी आफ्नो भ्यालेन्टाइनलाई भेटेरै उत्तर फर्किएर सामान्य तरिकाले दायाँतर्फको कानमा सुटुक्क प्रपोज गरे मायाको गोप्यता रहन्छ। फागुन महिना कुम्भ राशिका लागि उत्कृष्ट हुने भएकाले भ्यालेन्टाइन डेमा प्रपोज गरे खेर जाँदैन। गिफ्टका रुपमा चारकुने ढुङ्गामा आफ्नो भ्यालेन्टाइनको नाम वा चित्र कोरेर प्रदान गर्न सके भ्याले न्टाइनको आयु वृद्धि हुन्छ। यसैगरी भ्यालेन्टाइन कार्ड किन्दा नीलो रङ्गमा धागो बेरिएको कार्ड किन्नु बुद्धिमानी हुन्छ। भ्यालेन्टाइन डेको दिन भोजन गराउँदा नन भेज आइटम पोले को, साँधेको रोज्नु नै मायाको असली स्वाद पाउनु बराबार हो। यो राशिका व्यक्तिले डेटिङ्ग स्पट रोज्नुपरे आफ्नो घरदेखि दक्षिण वा उत्तरतर्फ जानुपर्ने हुन्छ। डेटिङमा कपास वा परालबाट तयार गरिएका चकटी वा गुन्द्री रोज्न सके आगामी दिनको यात्रा अटुट रहनेछ। चुम्बन गर्ने अवस्था आए भ्यालेन्टाइनको दायाँतर्फको गालामा सामान्य तरिकाले गर्दा डे टिङको रिजल्ट सकारात्मक रहन्छ।
नोटः यो राशि भएका व्यक्तिले राती पूर्वतर्फ सिरानी बनाई आफ्नो विलवेटको पासपोर्ट साइजको तस्बिर राखेको खण्डमा जीवनका अन्य सपना पनि पूरा हुनेछन्।



मीनः सोझो राशिका रूपमा चिनिने मीनको तुलासँग राम्रो सम्बन्धमा गाँसिन सक्छ। त्यसबाहेक मिथुन र कन्यासँगको सम्बन्ध पनि उपयुक्त हुन्छ। बिहान सूर्योदय अघि स्नान गरी पूर्व दिशामा फर्किएर जुनसुकै माध्यमबाट प्रपोज गरे त्यसको महत्व बेग्लै हुन्छ। यदि भेटेरै प्रपोज गर्ने हो भने निधारमा पहेंलो रंगको टीका लगाएर तथा पहेंलो वस्त्र धारण गरी नम्र स्वरमा प्रपोज गरे यो राशिका भ्यालेन्टाइनहरू आकषिर्त हुन्छन्। गिफ्टका रूपमा देवी -देवताका मूर्ति तथा सुन र तामाले बनेका औंठीहरू दिए दुई धड्कनको सम्बन्धले गति लिनेछ। यसैगरी भ्यालेन्टाइन कार्ड रोज्दा गोलाकार पहेलो रंग बढी प्रयोग भएको रोज्नुपर्ने हुन्छ। यो राशिको व्यक्तिले दूधबाट बनेका खानेकुराहरू जस्तै खीर भोजन गराउन सके प्रेम पवित्र रहनेछ। डेटिङ स्पटका लागि मन्दिरवरिपरिका क्षेत्र जहाँ धारा वा पानीका स्रोतहरू हुन्छन्। एक-अर्काको लाइफ स्टोरी सुनाए सुनमा सुगन्ध हुन्छ। यो राशिका व्यक्तिले डेटिङमा आफ्नो भ्यालेन्टाइनलाई किस गर्नु उपयुक्त मानिँदैन।
नोटः बृहस्पति ग्रहको प्रत्यक्ष प्रभाव मीन राशिमा पर्ने हुँदा भ्यालेन्टाइनलाई भेट्न जाने क्रममा पानी भरिएको कलश वा एक्युरियमलाई दायाँ पारेर निस्कँदा साइत बन्छ।राशिफल 

Please wait seconds.

बस दुर्घटनामा हुँदा १२ जना घाईते

चितवन,माघ २३ । चितवनको खैरहनी गाविसको पर्सा बजारमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाईते भएका छन् । पोखराबाट काकडभित्ताका लागी हिँडेको मुनाल यातायातको मे १ख १०२५ नम्बरको बस पल्टीएको हो । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनिहरुको भरतपुरमा उपचार भैरहेको छ । बिहानी पख सडक चिप्लो भएकाले टायर चिप्लीएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।


वार्षिकोत्सवको अवसरमा टेलिकमका विभिन्न सेवामा छुट
==============================

काठमाडौं, माघ २२- नेपाल टेलिकमले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन्। उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु २०० मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, जिएसएम र सिडिएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन समय (१० : ०६) सेवाको महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म प्रतिकल ३० पैसा कायम गरिएको, अस्टे्रलिया र बेलायतमा १४२४ मार्फत हुने कल सेवामा करबाहेक प्रतिमिनेट रु १२ रहेकामा आजदेखि फागुन ३० गतेसम्म रु चार कायम रहेको, त्यसैगरी, वाइम्याक्स प्रविधिबाट प्रदान गरिदै आएको टाडा प्याकेजमा १० जिबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सुरु गरेको चौथो पुस्ता 4G को वाइम्याक्स सेवा ७५ जिल्लाका सबै गाविसमा वितरण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ।
बिनातार (वायरलेस)को यो प्रविधि हाल काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, रामेछाप, चितवन, पोखरा, भैरहवा, बुटवल र पाल्पा र आजदेखि विराटनगर, इटहरी, धरान, विर्तामोड, धुलाबारी, भद्रपुर र हेटौडामा सुरु भएको छ।
युवापुस्ताबीच यो सेवा अत्यन्त लोकप्रिय मानिएको छ। नेपाल टेलिकमको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सो जानकारी दिँदै द्रुत गतिको इन्टरनेट सेवासमेत उपलब्ध हुने आइपी सिडिएमए सेवालाई आगामी एक महिनाभित्र मुलुकका सम्पूर्ण सहरमा सञ्चालन गर्ने र एक वर्ष छ महिनाभित्र मुलुकका सबै गाविसमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।
नौ वर्षअगाडि कम्पनीको कुल नाफा रु. तीन अर्ब १३ करोड २२ लाख रहेकामा चालु आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा रु. ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ।
त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा सरकारलाई रु. १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने प्रक्षेपण गरेको छ। कम्पनीको विभिन्न सेवामा हाल ८४ लाख ग्राहक पुगिसकेका छन्। प्रतिफल प्राप्त हुने सुगम क्षेत्रमा मात्र आफ्ना सेवा विस्तार नगरी कम्पनीले ग्रामीण तथा अति दुर्गम क्षेत्रमा समेत विभिन्न प्रविधिमार्फत फिक्स लाइन, मोबाइल, द्रुतगतिको इन्टरनेट सेवा पुर्‍याएको छ।
प्रबन्ध निर्देशक सिंहले प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सरकारको ऐननियममा बाँधिनु पर्दा समस्या आइरहेको, कम्पनीलाई रणनीतिक साझेदारीको अवधारणाअनुरुप सञ्चालन गर्न ल्याइएको नीति अर्थमन्त्रालयमा थन्किरहेकाले अप्ठ्यारो परिरहेको बताए।
उनले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार क्षेत्रको पहुँच पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।
ट्रान्समिसन प्रणालीको विस्तार स्तरोन्नति तथा गुणस्तर क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका अतिरिक्त वैकल्पिक सूचना मार्ग निर्माण गर्न ७५ जिल्लामा अप्टिकल फाइबर केबुल पुर्‍याउने कार्य भइरहेको उनले जानकारी दिए। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कम्पनी अगाडि बढाउन मन्त्रालयका तर्फबाट सम्पूर्ण सहयोग हुने जानकारी दिँदै कम्पनीले सामाजिक दायित्वलाई नबिर्सन आग्रहसमेत गरे।
उनले अर्थतन्त्रलाई टेवा पुर्‍याइराखेको कम्पनीका सेवालाई अझ चुस्त एवम् सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा मन्त्री यादवले कम्पनीद्वारा प्रकाशित स्मारिकाको विमोचन एवम् बीस वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान पनि गर्नुभएको थियो।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माले सेवाग्राहीका चाहना र आवश्यकतालाई ध्यान दिई दूरसञ्चारका क्षेत्रमा आएका थप नवीनतम प्रविधिलाई सेवाग्राहीसमक्ष पुर्‍याउन आग्रह गरे। रासस
फेसबूक कुमारी आज्ञा.............हे अगस्त्य मुनि!!! 




फेसबूक कुमारी आज्ञा गर्नु हुन्छ -' हे ज्ञानी गुणी भैरे मुनी मैले सबै अध्याय सुनाए अब के सुन्छौ' भनी भन्दा भैरे भन्नु हुन्छ - '३ बच्चा कि आमाले पनि छोटो स्कट नामको वस्त्र धराण गरी पार्ट्रिमा गएको अनी माइलो काजी सँग भेट भएको कुरा बिस्तारीत रुपमा बताई दिनु हुन्छ' कि भनेर भन्दा फेसबूक कुमारी भन्नु हुन्छ-' हे ३२ वर्षे वृद्ध बालक त्यस्तो खास नौलो कुरा केही हैन अब वस्त्रको कुरा गर्नु पर्दा कथाले मागे जती नै लाउने हुन सुकुमारी कन्या हरुले त्यहा भन्दा लामो वस्त्र किन्न नि महँगो हुने भएको हुँदा ५ फिट ७ ईन्च अग्ली ति सुन्दरिले ५ इन्चको स्कट लगाउदा के आपत्ति थियो र निहुरिन नहुने मात्र त हो नि नत्र छोप्ने चिज छोपेकै थिन ,निउरिदा मात्र त हो नछोपिने हो नि ! तर भगवान हरुको स्वर्ग पापिको नर्क बिना अधुरो भए जस्तो समाजमा सबै भद्र भए फटाहा उत्ताउला नभए कसरी छुट्याउने त्यही समस्याले गर्दा सत्ययुग बाटै चली आएको परम्परा धाने कि हुन ति कन्याले खुला पैसा न नाङो आईमाई नहेर्ने यो संसारमा कुन चै परपुरुश छन र ?? त्यही सत्यतालाई थाम्दै माइलो काजी पनि त्यो पार्टिमा प्रवेश गरेका थिए अब अगेनाको छेउमा घिउ राखेर नपग्ली है भन्दा घिउ कहाँ मान्थ्यो र काजी को छेउमा त्यती छोटो लुगा लाएर बसेकी सुकुमार कन्यालाई देख्दा मनमा हलचल हुनु त सबैलाई स्वाभाविक नै हो नि ! जब खाना खान लाई काँटा र चम्चा हातमा लिन्थे अनी जानी जानी भुइमा खसालेर टिप्ने बाहाना बनाउदै घरी घरी ति नै सुकुमार कन्या को स्कट मा आँखा पुराउथे काजिले खाना को मस्त धुनमा ति कन्या लाई केही थाहा हुँदैन थियो त्यो काजी काँटा चम्चा चलाउनै नजान्ने रहेछ भनी फेसबूक हो वालामा हल्ला गर्दै हिनेकी हुन वास्तविक कुरा उन्ले बुझेकै थिनन । यती भनी फेसबूक कुमारी अन्तरध्यान हुँदा भए । इति स्कंदे पुराणे केदार खन्डे महात्माग्स्ते सम्बादे सुमारकुमारी छोटो वस्त्र धराणमा अन्तिम अध्याय ।।







लोडसेडिङ दिनमा दुई घण्टाले घट्यो (तालिकासहित) माघ १९ - नेपाल विद्युत प्राधिकरणले आउँदो आइतवारदेखि घोषित रुपमै लोडसेडिङ दिनमा दुई घण्टाले कम गर्ने भएको छ ।

प्राधिकरणले आउँदो आइतवारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका शुक्रवार सार्वजनिक गरेको छ ।
अहिले दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतबाट विद्युत आयातमा सुधार आएको र सुर्यास्तको समय परिवर्तन भएकाले लोडसेडिङ दिनमा दुई घण्टाले कम गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अघोषित रुपमा माघ १० गतेदेखिनै लोडसेडिङ कम गरेको दावी गर्दै आएपनि आइतवारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

मुम्बई, माघ १९ (एजेन्सी) - ११ वर्षअघि गाडीले मान्छे किचेको मुद्दामा महाराष्ट्रको एउटा म्याजिस्ट्रेट अदालतले गरेको फैसलाले बलिउड हिरो सलमान खानलाई समस्यामा पार्ने भएको छ। दोषी ठहर भएमा अब उनलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ। यसअघि उनलाई अधिकतम दुई वर्षको मात्रै सजाय हुने लापरवाहीपूर्वक गाडी चलाएको धारा अनुसार मुद्दा चलाइएको थियो। अब उनलाई गैर इरातदन (जानाजान अथवा नियोजित हत्या हैन) हत्याको अभियोगमा मुद्दाको कारबाही चलाइनेछ। महाराष्ट्र सरकारले यस्तो मुद्दा चलाउन पाउँ भनी गरेको आवेदनलाई अदालतले बिहीबार स्वीकार गरेको थियो।
लापरवाहीपूर्वक गाडी चलाएको आरोपभन्दा यो गम्भीर भएकोले अब यो मुद्दाको कारबाही सत्र अदालतले गर्नेछ। सलमान अब ११ फेब्रुअरीमा सत्र अदालतमा उपस्थित हुनुपर्नेछ।
सन् २००२ को सेप्टेम्बर २८ मा सलमान खानको टोयोटा ल्यान्ड क्रुजर बान्द्राको एउटा बेकरीमा ठोक्किएको थियो। घटनामा एक जनाको मृत्यु भएको थियो भने चार घाइते थिए। गाडी सलमान खानले नै चलाइरहेको आरोप लगाइएको छ। तर सलमान आरोप अस्वीकार गर्छन्।
म्याजिस्ट्रेट अदालतको फैसलालाई सलमान खानले उच्च अदालतमा चुनौति दिने भएका छन्।



  हर्नु होस भिडियो सहित






Newer Posts Older Posts Home
Recent Updates

Blog Archive

  • Sep (1)
  • Feb (1)
  • Jan (1)
  • Jul (1)
  • Feb (4)
  • Jan (4)
  • Sep (2)
  • Aug (5)
  • Jul (10)
  • Jun (13)
  • Jan (18)
  • Dec (19)
  • Nov (1)
  • Oct (7)
  • Sep (1)
  • Jul (1)
  • Apr (3)
  • Mar (3)
  • Feb (22)
  • Jan (25)
Labels
Articles Blog English Entertainment Filmy Finance Health Interesting International Interview Literature Magazine Main News Miscellaneous Movies News Photo News Sports Technology Travel Videos सायरी
Contact Us । About Us | Design By : Bishnu Lamsal
COPYRIGHT © 2013 All Rights Reserved.